नियम ३०
कायम मुकायम र निमित्त सम्बन्धी व्यवस्था

(१) नेपाली सेनाको विभिन्न कार्यालयको कार्यालय प्रमुखको पद रिक्त रही कार्यालयको दैनिक काम गर्न बाधा पर्न गएमा सो पदमा
कायम मुकायम मुकरर गरी काम लगाउन सकिनेछ ।
(२) यस नियम बमोजिम कायम मुकायम मुकरर गर्दा एक तह मुनीको जेष्ठ सैनिक व्यक्तिलाई कायम मुकायम मुकरर गरिनेछ ।
(३) कायम मुकायम मुकरर भएको कुनै पनि सैनिक व्यक्तिले माथिल्लो तहको सम्पूर्ण अधिकार प्रयोग गर्न पाउनेछ । तर माथिल्लो तहको दज्र्यानी चिन्ह प्रयोग गर्न पाउने छैन ।
(४) कायम मुकायम नतोकिएको अवस्थामा कुनै कारणले कार्यालय प्रमुख अनुपस्थित भएमा सोही कार्यालयका सबैभन्दा वरिष्ठ सैनिक व्यक्तिले एक महिनामा ननाघ्ने गरी सो पदको निमित्त भई काम गर्नेछ ।
(५) पन्ध्र दिनभन्दा बढी अवधि कायम मुकायम वा निमित्त भई काम गरेकोमा सो कायम मुकायम वा निमित्त भई काम गरेको पदको पूरै अवधिको तलब भत्ता पाउनेछ ।
(६) कायम मुकायम मुकरर गर्ने अधिकार नियम २९ र ३४ बमोजिमको सरुवा र बढुवा गर्ने अधिकारीलाई हुनेछ ।